वैद्यले कम्युनिष्ट धार छाडे बाबुरामको गति : गुरुङ

230
  •  
  •  
  •  

Dev Gurungभक्तपुर, जेठ ३(ओएनएस) : नेपाल क्रान्तिकारी माओवादीका नेता देव गुरुङले मोहन वैद्यले कम्युनिष्ट धार र राष्ट्रियताको बिषयलाई छाडे बाबुरामकै स्थानमा पुग्ने बताएका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रमा उनले छिट्टै हुन लागेको विभिन्न माओवादी पार्टी एकिकरणमा वैद्य माओवादी तत्काल नआएता पनि अन्तत अन्य विकल्प नभएको भन्दै कम्युनिष्ट धार र राष्ट्रियताको मुद्दा छाडे बाबुरामकै स्थानमा पुग्ने बताए ।

एमाओबादी अध्यक्ष प्रचण्डले आफ्नो हठलाई परित्याग गरि भएका गल्तीहरुको समिक्षा गर्दै अब नयाँ कार्यंदिशा तर्फ अग्रसरता दिने भएकाले पार्टी एकिकरण हुने र १३ बुँदे प्रस्तावका आधारमा सहमति भएको भन्दै उनले एकिकरणको विषयले पूर्णता पाएको तर पदियताको सवालमा कुनै छलफल नभएको बताएका छन् ।

उनले मधेश आन्दोलनका जायज मागलाई सम्बोधन गर्नुपर्ने भन्दै मधेश आन्दोलनका नेताहरुले लैनचौर र दिल्लीका गतिविधिलाई आत्मसाथ गरेर जसरी आन्दोलन जारी राखेका छन् त्यो गलत भएको टिप्पणी गरेका छन् ।

साम्राज्यवादी र बिस्तारवादी विदेशी शक्तिहरुको प्रत्यक्ष हस्तक्षेप रहेको औंल्याउदै नेपालका ब्यवस्थापिका, न्यायपालिका र कार्यपालिकामा आफ्ना एजेन्टहरुद्वारा हरेक क्रियाकलाप सञ्चालनमा सक्षम रहेका विदेशीहरुबाटै नेपालका हरेका गतिविधि सञ्चालन गरिरहेकाले नेपाल नव-उपनिवेश भएको र यसले नेपाललाई सिक्किमीकरण र अफगानिस्तानको बाटोतर्फ लगिरहेको उनको भनाई छ ।

भूकम्पपछि पुनर्निर्माणका सवालमा सरकारले केही गर्न नसकेको र विदेशी डलर कमाउने नियत मात्र रहेकाले तिब्र काम गर्न नसकेको भन्दै उनले सधैं भुकम्प पीडितको अवस्था यस्तै देखाएर डलरको खेती गर्दै हाइटि बनाउन खोजेको आरोप लगाए ।

यो संविधान पनि पश्चगामी शैलीको भएता पनि यसले संस्थागत गरेका गणतन्त्र, संघियता र धर्म निरपक्षेता लगायत केहि विषय सकारात्मक रहेको भन्दै २०४७ सालकै संसदीय प्रणाली लगायत विविध पक्षमा भने विरोध जारी रहने उनले बताए ।

दक्षिण र उत्तर तर्फ दुवै छिमेकी देशहरुसँग कुटनीतिक सम्बन्ध सफल पार्न नसक्नुको पछि पनि विदेशीहरुकै हस्तक्षेप रहेको भन्दै उनले उत्तर तर्फका नाकाहरुको बिस्तारमा अवरोध देखिनु कुनै नौलो बिषय नभएको बताए ।


  •  
  •  
  •