अध्यक्ष वैद्य घर फर्किए

188
  •  
  •  
  •  

mohan-baidhyaकाठमाडौ, १९ पुष(ओएनएस) : श्वासप्रश्वासमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना भएका नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ स्वास्थ्यमा सुधार आएपछि घर फर्किएका छन् ।

गत सोमबारदेखी अस्पताल भर्ना भएका अध्यक्ष किरण आज बिहान घर फर्किएका हुन् । उपचारमा खटिएका डा. वृजेन्द्र श्रीवास्तवले वैद्यको स्वास्थ्यमा पूर्ण रूपमा सुधार आएको बताएका छन् ।

पार्टी प्रवक्ता पम्फा भुषालले एक विज्ञप्ति जारी गर्दै अध्यक्ष वैद्यको उपचारमा संलग्न चिकित्सकको टोली, स्वास्थ्य अवस्थाबारे चासो राखेर भेट्न आउने दलका नेताहरू, पत्रकारहरू, शुभेच्छुकहरू सबैलाई पार्टीको तर्फबाट धन्यवाद ज्ञापन गरेकी छिन् ।

नेता वैद्यलाई दम र रुघाखोकीका कारण कमजोर भई समस्या देखिएको डा. श्रीवास्तवले बताए ।


  •  
  •  
  •