तीन महिनामा डेढ अर्ब बढीको भाइ मसला आयात

115
  •  
  •  
  •  

काठमाडौं । चालू आर्थिक वर्षको तीन महिनामा डेढ अर्ब रुपैयाँ भन्दा धेरैको भाइ मसला विभिन्न देशबाट आयात भएको छ ।

दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई (नरिवल, काजु, बदाम, ओखर, किसमिस, पिस्ता) लगायतका भाइ मसला दिने प्रचलन रहेको छ ।

पछिल्ला वर्षमा यसको आयात बढ्दै गएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । साउन, भदौ र असोजमा एक अर्ब ५० करोड ३४ लाख रुपैयाँको भाइमसला आयात भएको छ । यो गएको वर्षको तुलनामा ३४ करोड रुपैयाँले धेरै हो । सबैभन्दा धेरै नरिवलको आयात भएको छ । तीन महिनामा ३१ करोड रुपैयाँ बराबरको नरिवल आयात भएको हो ।

भाइमसलाको रुपमा प्रयोग हुने ओखर ७६ करोड रुपैयाँ बराबरको आयात भएको छ । गतवर्षको तुलनामा यस वर्ष काजुको आयात भने घटेको छ । गतवर्ष ३० करोड रुपैयाँको काजु आयात भएकोमा यसवर्ष १३ करोड रुपैयाँ बराबरको मात्र काजु आयात भएको तथ्याङ्क छ ।


  •  
  •  
  •