काँग्रेस–एमालेले सर्वपक्षीय सम्मेलन भाँडे : वैद्य

99
  •  
  •  
  •  

काठमाडौं, ५ असोज (ओएनएस) नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले कांग्रेस र एमालेले राजनीतिक निकास नचाहेकाले सर्वपक्षीय राजनीतिक सम्मेलन भाँडिएको आरोप लगाएका छन् । ‘कांग्रेस–एमालेका साथीहरुले सर्वपक्षीय राजनीतिक सम्मेलनलाई विचार गोष्ठी जस्तो बनाउन खोजेकाले हामीहरुले सहभागी भएनौं’ आइतवार राजधानीमा आयोजित एक साक्षात्कारमा वैद्यले भने ।

अध्यक्ष वैद्यले कांग्रेस र एमालले राष्ट्रिय सहमतिको लागि भन्दापनि औपचारिकताको लागि मात्र सर्वपक्षिय राजनीतिक सम्मेलन आयोजना गरेकाले आयोजना गरेको बताए । ‘हामीले शान्ति प्रक्रियाका बाँकी काम र संविधानका अन्तरवस्तुमा राष्ट्रिय सहमति गर्न गोलमेच सम्मेलनको माग गरेको थियौं, तर एकदिने विचार गोष्ठीमा सिमित गर्न खोजिएकोले हामी सहभागी भएनौं’ उनले भने । निकास दिन नसक्ने कुनै कुनैपनि नामको गोष्ठीमा बस्नुको औचित्य नभएको वैद्यको भनाइ थियो ।

एक अर्को प्रसंगमा अध्यक्ष वैद्यले माथिल्लो कर्णालीको पिडिए राष्ट्रहित विरोधी भएका बताए । उनले आफ्नो देशलाई अन्धकारमा राखेर नेपालको सम्पदा विदेशीलाई दिन नहुने बताए । देशकै लगानीकर्ताले बनाउन सक्ने परियोजनालाई विदेशीका हित हुने गरि सम्झौता भएकाले आफूहरुले विरोध गरेको वैद्यले बताए ।


  •  
  •  
  •