ह्वासिन सिमेन्टसँगको जग्गा भाडा सम्झौता रद्द गर्न सिफारिस

143
  •  
  •  
  •  

काठमाडौं । सार्वजानिक लेखा समिति अन्तरगतको उपसमितिले चिनियाँ लगानीको ह्वासिन सिमेन्टले जग्गा भाडामा लिनका लागि गरेको सम्झौता रद्द गर्न सिफारिस गरेको छ ।

उपसमितिले स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदनमा सम्झौता रद्द गरी त्यसमा संलग्न पदाधिकारीहरुलाई तत्काल कारबाही गर्न सिफारिस गरेको हो ।

उद्योगका लागि धादिङको बेनिघाट रोराङ गाउँपालिकाको ताल्तीमा ५० वर्षका लागि जग्गा भाडामा लिने सम्झौता उद्योग र स्थानीय तहबीच भएको थियो ।

उपसमितिका संयोजक लेखराज भट्टले जग्गा भाडामा दिने सम्झौता लगानी बोर्ड ऐन र स्थानीय शासन संचालन ऐन विपरित रहेको बताए ।

प्रतिवेदनमा उद्योगले प्रारम्भिक वातावरणीय परीक्षणको सर्त समेत पालना नगरेको उल्लेख गरिएको छ ।
प्रतिवेदनमा कम्पनीले पूर्वाधार निर्माणका लागि बनाउन लागेको रोड समेत बैधानिक नरहेको निष्कर्ष निकाल्दै त्यसमा संलग्न लगानीकर्ता र ठेकेदार कम्पनीलाई पनि कानुन बमोजिम कार्वाही गर्न माग गरिएको छ । सो उद्योग १४ अर्वको लगानीमा बन्न लागेको हो ।


  •  
  •  
  •