खोपको प्राथमिकता र प्रभावकारिता : डा.पाण्डे

53
  •  
  •  
  •  

डा. रवीन्द्र पाण्डे

खोपको मुख्य उद्देश्य मृत्युदर कम गर्नु हो । कारणवश कोरोना महामारीको दोस्रो लहर आयो भने जुन वर्ग बढी जोखिममा हुन्छ, उक्त वर्गलाई पहिलो प्राथमिकतामा राख्नुपर्दछ ।

– फ्रन्ट लाइनका स्वास्थ्यकर्मी ।

– जेष्ठ नागरिक जसलाई दीर्घरोग पनि छ ।

– जेष्ठ नागरिक जसलाई दीर्घरोग छैन ।

– बयस्क जसलाई दीर्घरोग छ ।

– अन्य पेशाकर्मी जो जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्छन् ।

– बसचालक / हेल्पर, शिक्षण पेशामा संलग्न व्यक्तिहरु ।

– बयस्क जसलाई दीर्घरोग छैन ।

– एकपटक कोरोना संक्रमण भएका व्यक्ति (यो समुहलाई न्याचुरल एन्टिबोडीले काम गरेको हुन्छ )

– १८ वर्षमाथिका सबै व्यक्ति ।

खोपको अन्तर कति गर्ने ?

४ हप्ताको अन्तरमा दोस्रो मात्रा लिंदा कोभिशिल्ड खोप ५४ .९ प्रतिशत प्रभावकारी देखिएको छ भने ८ देखि १२ हप्तामा दोस्रो मात्रा लिंदा ८२.४ प्रतिशत प्रभावकारी देखिएको अनुसन्धानले देखाएको छ ।

पहिलो मात्राले लगाएको २२ दिन देखि ९० दिनसम्म कोरोना संक्रमण हुने सम्भावना ६७ % कम हुन्छ भने संक्रमण भएर गम्भीर हुने वा मृत्यु हुने सम्भावना अन्त्यन्त न्यून हुने अध्ययनले बताएका छन् |

नयाँ प्रजातिमा प्रभावकारिता

कोभिशिल्ड खोप बेलायतबाट फैलिएको नयाँ प्रजातिलाई प्रभावकारी देखिएको तथा अफ्रिकामा फैलिएको प्रजातिमा १० % मात्र प्रभावकारी देखिएको हुँदा अक्सफोर्ड / एस्ट्रेजेनेकाले सेप्टेम्बरसम्म उक्त प्रजातिलाई पनि काम गर्ने गरि खोप बिकास गर्ने जनाएको छ |

चिनियाँ खोपको प्रभावकारिता

चिनिया कम्पनी सिनोफार्मको खोप भेरो सेललाई औषधि ब्यबस्था विभागले आकस्मिक प्रयोगको लागि अनुमति दिएको छ । चीनले ५ लाख डोज खोप नेपाललाई सहयोग गर्ने बताएको छ । युएइमा १२५ देशका ३१ हजार व्यक्तिमा गरिएको परीक्षणमा यो खोप ८६ % प्रभावकारी देखिएको छ भने गम्भीर प्रति असर देखिएको छैन । यो खोप चीनमा १ करोडभन्दा धेरै व्यक्तिले लगाएका छन् भने बहराइन, युएई, जोर्डन, अर्जेन्टिना, मोरक्को, पेरु लगायतका देशमा पनि खोप कार्यक्रम चलिरहेको छ । यसको पनि २ मात्रा ४ हप्ताको अन्तरालमा लगाउनुपर्दछ ।

यो खोप महँगो भएकोले नेपालले अनुदान वा भारी छुटको लागि पहल गर्नुपर्ने देखिन्छ ।

कुटनैतिक पहल

रुसको सपुत्निक भी ९२ प्रतिशत प्रभावकारी देखिएको ग्यामेलिया इन्स्टिच्युटले जनाएको छ । सरकारले कुटनैतिक च्यानल प्रयोग गरेर रुस तथा अमेरिका (मोडेर्ना खोप जसलाई माइनस २० डिग्रीमा केहि लाख मात्रा भण्डारण गर्न नेपालले सक्दछ ) बाट पनि अनुदानमा खोप ल्याउने प्रयत्न गर्नुपर्दछ ।

त्यस्तै तेस्रो चरणको क्लिनिकल ट्र्याल पुरा भएपछि भारतको कोभ्याक्सिनको लागि पनि पहल गर्नुपर्दछ । चीनका सिनोभ्याक लगायत अन्य प्रमाणित खोपको लागि पनि पहल गर्न सकिन्छ ।


  •  
  •  
  •