रुसी खोप स्पुतनिक भीलाई भारतमा आपतकालीन प्रयोगको अनुमति

122
  •  
  •  
  •  


ऐजेन्सी । भारतले कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिक भीलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ।

कोभिड संक्रमितको संख्या तिव्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति दिएको बताइएको छ।

भारतमा रुसी खोप उत्पादन र वितरणको जिम्मेवारी लिएको डा रेड्डिज ल्याबोरेटोरिजका सहअध्यक्ष एवं व्यवस्थापन निर्देशक जीभी प्रसादद्वारा जारी विज्ञप्तिमा भारतमा स्पुतनिक भी खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएकामा निकै खुशी लागेको उल्लेख छ।

 

 


  •  
  •  
  •