नेपालमा ३२ प्रतिशतले लगाए पूर्णखोप

57
  •  
  •  
  •  


काठमाडौं । नेपालमा ३२ प्रतिशतले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा ६९ लाख ६२ हजार १ सय ६४ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
यस्तै ४० प्रतिशत अर्थात् ८७ लाख २ हजार ७ सय ५ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।
यस्तै काठमाडौं उपत्यकामा ७४ प्रतिशत अर्थात् १५ लाख ७९ हजार ८ सय ९७ जनाले पूर्ण खोप लगाएका छन् ।
यस्तै ८१ प्रतिशत अर्थात् १८ लाख ४५ हजार ५ सय ७० जनाले पहिलो मात्रा खोप लगाएका छन् ।


  •  
  •  
  •