चीनबाट ल्याइयो ४४ लाख डोज भेरोसेल खोप

79
  •  
  •  
  •  

काठमाडौं । सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप काठमाडौं ल्याइएको छ । नेपाल वायु सेवा निगमका अनुसार वाइडबडी विमानले बेइजिङबाट खोप लिएर काठमाडौं आइपुगेको हो ।

सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो । जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ । पहिलोपटक एकै खेपमा यति धेरै खोप ल्याइएको हो ।

यसअघि एक भायलमा दुई डोज मात्र हुन्थ्यो जसले एक खेपमा ८ लाख भायल ल्याउने गरिएको थियो। अहिले चीनले एक भायलमा ५ डोजको खोप उत्पादन गर्छ । जसले गर्दा एकै पटक ४४ लाख डोज खोप ल्याउन सकिएको हो ।

चीनबाट आएको भेरोसेल खोप ४० वर्ष माथिको उमेर समूहलाई वितरण गर्ने तयारी छ । नेपालमा अहिलेसम्म १ करोड ३३ लाख डोज खोप ल्याइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थप खोप पनि भित्रने क्रममा रहेको मन्त्रालयले जनाएको छ ।


  •  
  •  
  •