चीनबाट ४४ लाख भेरोसेल खोप ल्याईंदै

94
  •  
  •  
  •  


काठमाडौं । सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप आज ल्याईंदैछ । खोप ल्याउन बिहीबार राति नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले खरिद गरिएको खोप आज चीनबाट ल्याइने जानकारी दिए । सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको छ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिनका लागि गएराति ११ बजे वाइडबडी विमान चीनतर्फ जाने गइसकेको बताए । उनका अनुसार आज दिउँसो २ बजे खोप लिएर जहाज नेपाल आउने छ ।

नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ ।


  •  
  •  
  •