शिक्षककालागि जागिर खुल्यो, १ हजारभन्दा बढि माग

161
  •  
  •  
  •  

काठमाडौँ, १० जेठ(ओएनएस) : शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीको पदपूर्तिका लागि नयाँ विज्ञापन आह्वान गरेको छ ।

आयोगले सोमबार आह्वान गरेको नयाँ विज्ञापनमा १ हजार १ सय १७ जनाका लागि आवेदन माग गरेको छ । आयोगका अनुसार विज्ञापन पाँच विकास क्षेत्रका लागि रहेको छ भने नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, गणित विज्ञान, संस्कृत व्याकरण विषयका लागि आह्वान गरिएको छ ।

दरखास्त दिने अन्तिम मिति असार १२ गतेसम्म तोकिएको छ भने दस्तुरको दोब्बर तिरेर १९ गतेसम्म पनि दरखास्त बुझाउन सकिने आयोगद्वारा जारी विज्ञापनमा उल्लेख गरिएको छ । परीक्षा दस्तुर ७०० र समावेशीको लागि प्रति समुह थप रु ५ सय तोकिएको छ ।

परीक्षा केन्द्र सम्बन्धित क्षेत्रीय शिक्षा निर्देशनालयले तोकेको स्थानमा हुने बताइएको छ भने परीक्षा भदौ ११ गते बिहान ८ बजेको लागि तोकिएको छ ।

कुन विकास क्षेत्रमा कुन विषयका लागि कति ?

आह्वान गरिएको विज्ञापन हेर्न क्लिक गर्नुहोस्…


  •  
  •  
  •