युभेन्टसद्वारा क्याग्लिअरीमाथि २-० को जित

48
  •  
  •  
  •  

एजेन्सी । इटलीको सिरी ए च्याम्पियन युभेन्टसले क्याग्लिअरीमाथि २–० को जित हासिल गरेको छ । क्रिस्टियानो रोनाल्डोले ४ मिनेटको अन्तरमा २ गोल गरेपछि युभेन्टसले जित निकालेको हो ।

यो जितले युभेन्टस अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रोनाल्डोले ३८ र ४२ औं मिनेटमा गरेको गोल युुभेन्टसको जितमा निर्णायक बन्यो । युभेन्टस अंकतालिकाको आठौंबाट दोस्रो स्थानमा पुगेको हो ।

शीर्ष स्थानको एसी मिलानको १ अंक बढी छ र उसले एक खेल कम खेलेको छ । यो २ गोलसँगै रोनाल्डोले जारी सिजन सीरी ए मा सर्वाधिक आठ गोल गर्ने ज्लाटन इब्राहिमोवीचसँग बराबरी गरेका छन् ।

शीर्ष स्थानको एसी मिलानले आइतबार चौथो स्थानको नापोलीसँग खेल्नेछ । युभेन्टसले जारी सिजनमा शीर्ष ५ स्थानमा रहेका टिमहरुसँग खेलिसकेको छ । त्यसैले लिगमा दोस्रो स्थान उसका लागि अस्थायी हुनेछ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here