पहिला हामी बसै नेपाली : राष्ट्रपति

547
  •  
  •  
  •  

काठमाडौं २० मंसिर (ओएनएस) : राष्ट्रपति डा. रामवरण यादवले सबै जातजाती पहिला नेपाली भएको बताएका छन् । उनले किराँतहरूको चाड उधौलीका अवसरमा सन्देश दिदै सुस्वास्थ्य, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । राष्ट्रपतिले उधौलीको पवित्र दिनले नेपालका सम्पूर्ण धर्मावलम्बी, जातजाति, भाषाभाषी जो जहाँ रहेको भएपनि एकताबद्ध भई आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गरी देशमा शान्ति र सुव्यवस्था स्थापना गर्नका लागि प्रेरित गर्ने आशा पनि व्यक्त गरेका छन् ।

उपराष्ट्र्रपति परमानन्द झाले किराँत पर्व उधौलीको अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुस्वास्थ्य, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना गरेका छन् ।

प्रधानमन्त्री सुशील कोइरालाले नेपाल अनेक भाषा, धर्म, संस्कृति र परम्परा भएका विभिन्न जातजातिको साझा फूलबारी भएको बताएका छन् । उनले विविधतायुक्त नेपाली समाजमा निहित सहिष्णुता, सहनशीलता र मिलनसारिता जस्ता सद्गुणले एक आपसमा सौहाद्र्रपूर्ण सम्बन्ध विकसित गरेको उल्लेख गरे ।

आजसम्म प्राप्त जनताका अधिकारलाई लिपिवद्ध गरी संरक्षित गर्नु पर्नेमा जोड दिँदै प्रधानमन्त्रीले निर्धारित समयमा संविधान जारी गरी एक समृद्ध र समुन्नत राष्ट्रको निर्माणमा केन्द्रित रहन हामीलाई यस्ता पर्वहरुले सधैँभरी प्रेरणा दिने विश्वास पनि व्यक्त गरेका छन् ।


  •  
  •  
  •