पाँच दिनमा ५ हजार ऊँटलाई गोली हानेर मारियो

107
  •  
  •  
  •  

एजेन्सी । अस्ट्रेलियामा पाँच दिनमा ५ हजार ऊँटलाई गोली हानेर मारिएको छ ।
धेरै पानी खाएको भन्दै ५ हजार ऊँटलाई त्यहाँका अधिकारीहरुले गोली हानेर मारेको समाचार संस्था एएफपीले जनाएको छ । खडेरीका कारण दक्षिणी अस्ट्रेलियाका रैथानेहरुलाई असर पुगेको छ ।

ऊँटले धेरै मात्रामा पानीको उपयोग गरेपछि उनीहरुले ऊँट मार्न आग्रह गरेका थिए । हेलिकप्टरबाट व्यावसायिक सुटरहरुको सहायतामा ऊँटलाई मारिएको जनाइएको छ ।
यसअघि पनि अस्ट्रेलियामा ऊँट मार्ने चलन छ ।

जनसंख्यालाई नियन्त्रण गर्न अस्ट्रेलियामा ऊँट मार्ने गरिन्छ । अझै पाँच हजार ऊँटहरु मारिने एबीसी न्युजले जनाएको छ ।


  •  
  •  
  •