उत्तर कोरियालाई लगानी फिर्ता लैजान सरकारको निर्देशन

119
  •  
  •  
  •  

काठमाडौं । सरकारले उत्तर कोरियालाई लगानी फिर्ता लैजान निर्देशन दिएको छ । संयुक्त राष्ट्र संघ (युएन) ले आफ्ना सदस्य राष्ट्रलाई उत्तर कोरियाको लगानी फिर्ता गर्न निर्देशन दिएपछि नेपाल सरकारले पनि उत्तर कोरियालाई लगानी फिर्ता लैजान निर्देशन दिएको हो ।

उद्योग विभागका निर्देशन प्रेम प्रसाद लुइँटेलका अनुसार लगानी फिर्ता लैजान परराष्ट्र मन्त्रालयले अक्टुबर सम्मको समय दिएको छ । उत्तर कोरियाले नेपालमा उद्योग सफ्टवेयर निर्माण, होटल, रेष्टुरेन्ट र अस्पताल लगायत ९ वटा उद्योगमा लगानी गरेको छ ।

बोटोङगाङग रेष्टुरेन्ट एण्ड बार, मिनस रेष्टुरेन्ट एण्ड बार, हिमाल चिल्बो टेक्निकल सोलुसन, प्योङयाङ अकुग्यान रेष्टुरेन्ट, तनहुँको दमौलीमा नेकोर्यो अस्पताललाई पनि पत्राचार गर्दै बन्द गरेर तत्कालै लगानी फिर्ताका लागि पत्र पठाएको हो ।

कम्पनीको स्वामित्व बिक्री गरेर बन्द भएको सूचना विभागलाई पठाउन निर्देशन दिइएको छ । प्रत्येक उद्योगमा करिब ५ देखि ७ लाख पुँजी रहेको रहेको विभागले जनाएको छ ।

सो पुँजीमा पनि नेपाली लगानीको हिस्सा समेत रहेको विभागले जनाएको छ । विभागले असोज महिना देखिनै उत्तर कोरियालीलाई भिसा नथपेको विभागले जनाएको छ ।

उत्तर कोरियाले आणविक हातहतियार र क्षेप्यास्त्र प्रक्षेपण गर्न थालेपछि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले नाकाबन्दी लगाउने निर्णय गरेको थियो ।

संयुक्त राष्ट्र संघले पटक–पटक परराष्ट्रलाई पत्र काटी नेपालमा सञ्चालित उत्तर कोरियाका उद्योग तथा व्यवसाय बन्द गर्न र कामदारलाई रोजगारी नदिन पत्र लेखेको थियो ।


  •  
  •  
  •