यूएसएमसीए व्यापार सम्झौतामा हस्ताक्षर

511
  •  
  •  
  •  

एजेन्सी । अमेरिका, मेक्सिको र क्यानडाले संशोधित यूएसएमसीए भनिने व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौताले २५ वर्ष पुरानो नाफ्टा भनिने उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौतालाई विस्थापित गर्नेछ ।

मेक्सिको सिटीमा आयोजित हस्ताक्षर समारोहमा बोल्दै मेक्सिकोका राष्ट्रपति आन्द्रेज म्यानुएल लोपेज अब्राडोरले नयाँ सम्झौता तीनवटै देशका कामदारहरूका लागि उचित भएको र त्यसले आप्रवासनको समस्या हल गर्ने विश्वास व्यक्त गरे ।
बीबीसीका अनुसार नाफ्टाको साटो नयाँ व्यापार सम्झौताको विषय अमेरिकी राष्ट्रपति ट्रम्पको सन् २०१६ को निर्वाचनका बेला एउटा प्रमुख एजेन्डा थियो ।

अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजरले तीन देशबीचको सहकार्य एउटा चमत्कार भएको बताए ।
देशभित्रै पनि राष्ट्रपति ट्रम्पले विपक्षी डेमोक्र्याटहरूसँग उक्त नयाँ सम्झौताका विशेषतस् पर्यावरण र श्रमिकसम्बन्धी प्रावधानबारे सहमति गरेको देखिन्छ । अब उक्त सम्झौता अमेरिकी संसद्का दुवै सदनमा अनुमोदनका निम्ति प्रस्तुत गरिनेछ ।


  •  
  •  
  •