अमेरिकामा भिषण तुफान, कम्तिमा ७ को मृत्यु

315
  •  
  •  
  •  

USAएजेन्सी : संयुक्त राज्य अमेरिकाको उत्तर–पूर्वी क्षेत्रमा बर्फिलो तुफानका कारण कम्तीमा ७ जनाको मृत्यु भएको छ ।

गेटलेकमा उत्पन्न बर्फिलो तुफानले बफेलो इलाकामा सबैभन्दा धेरै क्षति पु¥याएको छ । सातमध्ये पाँच मृतकको शव बफेलोमा फेलापरेको थियो । तुफान अझै नरोकिएकाले थप क्षति हुने शंका गरिएको छ । अहिले सो क्षेत्रमा ५ फिट उचाइसम्मको हिउँ जमेको छ ।

अमेरिकाको ५० राज्यमा अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ । प्रभावित क्षेत्रमा विद्यालय र यातायातसाधन सेवा बन्द भएका छन् ।

न्युयोर्क गभर्नर एन्ड्र्यु कुमाओले उद्धार टोली प्रभावित क्षेत्रमा खटाइएको जानकारी दिनुभएको छ । अमेरिकी मौसम विभागले ६ फिटसम्म हिउँ जम्न सक्ने पूर्वानुमान गरेको छ ।

न्युयोर्कका केही क्षेत्रमा रेल सेवासमेत प्रभावित छ ।

गत शनिवारदेखि हिमपातका कारण अमेरिकामा मृत्यु हुनेको संख्या २० पुगेको छ ।


  •  
  •  
  •  

Comments are closed.