यूएस ओपन टेनिसको उपाधि जापानकी ओसाकालाई

76
  •  
  •  
  •  

एजेन्सी । जापानकी नाओमी ओसाकाले यूएस ओपन टेनिसको उपाधि जितेकी छिन् । शनिबारराति भएको फाइनलमा बेलारुसियन खेलाडी भिक्टोरिया अजारेन्कालाई पराजित गर्दै ओसाकाले तेस्रो ग्रान्डस्लाम उपाधि जितेकी हुन् ।

पहिलो सेट गुमाएकी ओसाकाले त्यसपछि उत्कृष्ट कमब्याक गर्दै लगातार दुई सेट आफ्नो पक्षमा पार्न सफल भइन् । ओसाकाले पहिलो सेट १–६ ले गुमाएकी थिइन् । त्यसपछि दोस्रो र तेस्रो सेट ६–३, ६–३ ले आफ्नो पक्षमा पार्दै तेस्रो ग्रान्डस्लाम उपाधि हात पारिन् ।
ओसाकाले यसअघि २०१८ को यूएस ओपन र २०१९ को अष्ट्रेलियन ओपन जितेकी थिइन् ।


  •  
  •  
  •