संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि लगायो अहिले सम्मकै कडा नाकाबन्दी

296
  •  
  •  
  •  

epa04954358 US President Barack Obama (C-R, at rostrum) speaks during the the 70th session of the United Nations General Assembly at United Nations headquarters in New York, New York, USA, 28 September 2015. The General Debate runs through 03 October 2015. EPA/Chip Somodevilla / POOL AFP OUT

काठमाडौं, साउन (एजेन्सी) : संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउन सहमती जनाएको छ । उत्तर कोरियाबाट निर्यात हुने सम्पूर्ण सामानमा रोक लगाउन सुरक्षा परिषद् सहमत भएको हो ।

परिषदको यो निर्णयले उत्तर कोरियामाथि नराम्रो असर पर्ने जनाइएको छ । संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निकी हेलीले यो कुनै पनि देशमाथि लगाइएको अहिलेसम्मकै सबैभन्दा कडा प्रतिबन्ध भएको बताएका छन् ।

उत्तर कोरियाले कोइला, कच्चा धातुलगायतका सामान ठूलो मात्रामा चीनमा निर्यात गर्दै आएको छ । यो नै उसका लागि सबैभन्दा ठूलो आयस्रोत मानिँदै आएको छ ।

उसले वार्षिक करिब ३ अर्ब डलर बराबरको सामान अन्य देशमा निर्यात गर्ने गरेको अनुमान छ । तर यस वर्ष भने चीनले उत्तर कोरियामाथि दबाब बढाउन कोइला निर्यात बन्द गरिदिएको थियो ।

उत्तर कोरियाले गत जुलाईमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेपछि अमेरिका, जापान, दक्षिण कोरियालगायतका मुलुकले आपत्ति जनाउँदै आएका थिए ।


  •  
  •  
  •