आईएससँग भिड्न ओबामाले १५ सय सेना इराक पठाउने

169
  •  
  •  
  •  

Barack-Obamaकाठमाडौ, २२ कात्तिक(एजेन्सी) : अमेरिकी राष्ट्रपति बाराक ओबामाले इराकमा इस्लामिक स्टेट(आईएस)विरूद्ध लड्नका लागि १५ सय थप सैनिक पठाउने निर्णय गरेका छन् । यो सैनिक इराकी सरकार र कुर्दिशहरूलाई सहायताको पठाउन लागिएको बताइएको छ ।

व्हाइट हाउसका प्रवक्ताका अनुसार यी सैनिकमा इराकी सुरक्षा गणको अभियानको योजना बनाउन सहायताका लागि सल्लाह दिने समूहका साथै प्रसिक्षित सैनिकको एक समूह पनि सामेल रहेको छ ।

यी सैनिकलाई देशका विभिन्न भागमा तैनाथ गरिनेछ । रक्षा मन्त्रालयका एक अधिकारीका अनुसार केही सल्लाहाकार इराकको पश्चिमी अनबर प्रान्तमा तैनाथ गरिनेछ । यहाँ आफ्नो अड्डा बनाईसकेको आईएस आतंकवादीहरुलाई लखेट्नका लागि इराकी सेना प्रयासरत रहेको छ । सैनिक टुकडीले केही हप्ताभित्र इराक पुग्ने छन् ।


  •  
  •  
  •