तीन देशका अन्तरिक्ष यात्री लिएर सोयुज अन्तरिक्षमा

243
  •  
  •  
  •  

space-soyujकाठमाडौ, ९ मंसिर(एजेन्जी) : रूसको सोयुज रकेट अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि तीन नयाँ क्रु सदस्य लिएर कजाकिस्तानको बैकनुर कास्मोडरोमबाट गएका छन् ।

सोयुज विमान अमेरिकी अन्तरिक्ष एजेन्सी नासा स्टेशन कमाण्डर टेरी विट्रज, रूसी अन्तरिक्ष एजेन्सीको एण्टन शखाकिलरोव इटालीका समान्था क्रिस्टोफोरिट्टीलाई लिएर अन्तरिक्षतर्फ गएको हो ।

नासाको अभियान केली हेरिङ्ग कमण्टेट केली हेरिंङ्गले ह्युस्टनको जनसन स्पेस सेन्टरलाई छ घण्टा भित्र नै उक्त विमान अन्तरिक्ष स्टेशनको रूसी क्षेत्रमा पुगेको बताए । अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनमा १५ देशले काम गरिरहेका छन् ।

अन्तरिक्ष जानुअघि अन्तरिक्ष यात्री विट्रजले पत्रकारसँग भनेका थिए, ‘म सोच्छु की आजबाट १ सय वर्षपछि या ५ सय वर्षपछि मानिसले अहिले गरिरहेको यो कामलाई अन्तरिक्षमा रहेको अपार सम्भावनाको खोजीका लागि गरिएको एउटा सानो काम सोच्नेछन् ।’ अन्तरिक्ष केन्द्रमा नयाँ क्रु सदस्य करिब ६ महिना त्यहाँ रहनेछन् ।


  •  
  •  
  •  

Comments are closed.