अमेरिकालाई झड्का, जासुसी सर्च इन्जिनको भयो खुलासा

88
  •  
  •  
  •  

काठमाडौ, १३ भदौ(एजेन्सी) : अमेरिकी जासुसी एजेन्सी नेशनल सेक्युरिटी एजेन्सी(एनएसए)ले गुगल जस्तै जासुसी सर्च इन्जिन तयार गरिएको छ । जसमा करोडौ मानिसको अरबौ जानकारीहरू समावेश गरिएको छ ।

ICReachदी इन्टरसेप्ट वेबसाइटले एनएसएको यस जासुसी सर्च इन्जिनको यस प्रोजेक्टको खुलासा गरेको थियो । यसपछि अमेरिकी सेनाले इन्टरसेप्टमाथी नै प्रतिबन्ध लगाइदिएको छ । स्थल, वायु र सामुन्द्रीक सेनाको पनि सबै एकाईसँग जोडिएका मानिसलाई यो वेबसाइट खोल्न आदेश दिइएको छ ।

आईसीरिच नामको यस इन्जिनमा ८५० अरब डाटा राखिएको छ । यी डाटा जमिनमा रहेका सात अर्ब जनसंख्या भन्दा पनि १ सय गुणाले बढि छ । वेबसाइटले पूर्व अमेरिकी सेक्युरिटी कन्ट्रक्याटर एडवर्ड स्नोडेनले दिएको दस्तावेजको आधारमा यसको खुलासा गरिएको थियो ।

गुगलको सर्च इन्जिन जस्तै सजिलो छ आईसीरिच

यदी यसमा कुनै व्यक्तिको नाम राखेर सर्च गरिए, उक्त व्यक्तिबारे सम्पूर्ण सूचनाहरू यस वेबसाइटले दिन्छ । यस जानकारीमा के-के हुन्छन्,
स्थानः उक्त व्यक्ति कहाँ-कहाँ गयो र कति समय त्यहाँ रह्यो
इमेलः उक्त व्यक्तिले कसलाई, कहिले, के र कतिवटा इमेल पठाए
फोनकलः नम्बरको साथमा हरेक कलको डिटेल
एसएमएसः कहाँ, कहिले, कसलाई, के र कतिवटा म्यासेज पठाए
फ्याक्सः कुन नम्बरमा कस्तो सामग्री फ्याक्स गरेको थियो ।


  •  
  •  
  •