न्युयोर्कमा कांग्रेसको अधिवेशन

323
  •  
  •  
  •  

न्युयोर्क, १९ असार । नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति न्यूयोर्क चाप्टरको दोश्रो अधिवेशन जाब्सन हाइटस्थित सत्यनारायण मन्दिरमा हालै सम्पन्न भएको छ । अमेरिकामा विभिन्न पेशामा आवद्ध रहेका नेपाली प्रजातन्त्रवादीहरुको अधिवेशनमा ५ सय ९ जना प्रतिनिधिले सहभागिता जनाएका थिए ।

झण्डै नेपालको स्थानिय निर्वाचनको झल्को दिने अधिवेशनमा प्रमुख अतिथि नेपाली कांग्रेस गुल्मीका पूर्व सभापति एवं यूवा नेता त्रैलोक्य प्रताप सेनले विभिन्न देशमा बसेर प्रजातन्त्रका लागि चिन्तित कांग्रेसजनको यो उपस्थितिले अधिनायकवादीको संसारभर आसन नभएको बताए । उनले लामो समयसम्म द्वन्द्वमा रहेको नेपाललाई शान्ति दिलाउन र खोसिएको प्रजातन्त्रलाई पुनःस्थापित गर्न कांग्रेसकै नेतृत्वले मात्र सकेको बताए ।

नेपाली कांग्रेस गुल्मीका पूर्व सचिव हरीनारायण सापकोटाको सभापतित्वमा सम्पन्न भएको उद्घाटन समारोहमा नेपाली जनसम्पर्क समिति अधिवेशन तयारी समितिका संयोजक विष्णु सुवेदी, उमा कार्की, विश्ववन्धु प्रसाई, वंशलाल तामाङ, केशव वराल, महासमिति सदस्य चित्रा के.सी, आनन्द विष्ट, वेदु खरेलले शुभकामना दिएका थिए । अधिवेशनको सफलताका लागि शुभकामना दिने अन्त्यमा केन्द्रीय सदस्य कृष्ण लामिछाने, जगनाथ गौतम, प्रमोद सिटौला, दुर्गा श्रेष्ठ, विकास विष्ट, एनआर एन आई सिसी अमेरीकाका अध्यक्ष खगेन्द्र क्षत्री, संजय थापा रहेका थिए ।

लामो समय देखि अवरुद्ध हुँदै आएको अधिवेशनले रोशन ढुंगानालाई अध्यक्षमा निर्वाचित गरेको छ । २ सय ७६ मत प्राप्त गरी विजय भएका ढुंगाानाका प्रतिद्वन्द्वी विकास विष्टले २ सय १९ मत प्राप्त गरेका थिए ।

निर्वाचित अन्य सदस्यहरुमा अशोक ज्ञवाली, अनिल पाण्डे, कमला पन्त, महेश मल्ल, अनन्तराज सुवेदी, अमर तामाङ, मीना शर्मा, नवराज भट्ट, गणेश विष्ट, उमेश कुमार थापा, विवेश पौड्याल, पुस्कर पाठक, ऋषिराज अधिकारी, वृन्दा राई, मनोज शर्मा, निर्मला बास्कोटा रहेका छन् ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शुसिल कोइराला न्यूयोर्कमै रहेका वेला भएको अधिवेशनमा स्वास्थ्यका कारण उपस्थित हुन नसकेपछि शुमकामना पठाउनु भएको थियो ।


  •  
  •  
  •