दुई विमानमा बम भएको धम्कीपछि उतारियो विमान

65
  •  
  •  
  •  

america-aircraftकाठमाडौ, ११ माघ(एजेन्सी) :  अमेरिकाको एटलान्टा विमानस्थलमा रहेका दुई विमानमा बम भएको धम्की आएपछि त्यसको खोजी गरिएको थियो । तर, विमानमा कुनै बम भने भेटिएन ।

एटलान्टा हवाई अड्डाका प्रवक्ता रीज म्याक्रेनीले डेल्टा विमानको उडान ११५६ र साउथवेष्ट विमानको उडान २४९२ लाई एटलान्टामा उतारिएको बताएका छन् । उनले ती विमान पोर्टल्याण्ड र मिलवाकीबाट आईरहेको बताएका छन् ।

दुवै विमानलाई विमानस्थलमा सुरक्षित रूपमा उतारिएको थियो र सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालेर विमान खानतलासी गरिएको थियो । उनले दुई अमेरिकी फाइटर जेट हेलिकप्टरले यी दुई विमानको निगरानीमा अवतरण गराएका थिए । खानतलासीका क्रममा बम स्क्वाड र खोजीका लागि कुकुरको पनि प्रयोग गरिएको थियो । यी दुवै विमानमा बम भएको धम्की ट्वीटरमार्फत दिइएको बताइएको छ । एटलान्टाको हर्ट्सफिल्ड विमानस्थल निकै व्यस्त रहने गर्छ र विमानमा बम भएको धम्की दिइएको यो हप्ता दोस्रो पटक हो ।


  •  
  •  
  •