युरोपियन देश पठाउने भन्दै ठगी गर्ने कन्सलटेन्सी सञ्चालक समातिए

302
  •  
  •  
  •  

काठमाडौं, २३ फागुन (अाेएनएस) : युरोपियन देश पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक कन्सलटेन्सीका सञ्चालकलार्इ प्रहरीले पक्राउ गरेको छ।
सामाखुसीस्थित सुनौलो प्रकाश कन्सलटेन्सीका सञ्चालक आर्यन लामालाई प्रहरीले पक्राउ गरेको हाे।
हिरकाजी बस्नेत लगायत पीडितहरुले दिएकाे जाहेरीका आधारमा लामालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए। 
युरोपियन देश स्पेन र पोर्चुगल पठाइदिने अाश्वासन दिएर लामाले ३३ लाख रुपैयाँ बस्नेतसँग लिएका थिए। पैसा लिइसकेपछि सञ्चालक लामा अाज भाेली पठाइदिन्छु भन्दै अालटाल गरेपछि बस्नेत प्रहरी कहाँ पुगेका थिए।
युरोप नपठाएपछि पीडितहरुले पैसा फिर्ता माग्दा उनले एक सहकारीको ‘बाउन्स चेक’ दिएर ठगेका थिए। उनले चेक दिएको सहकारीमा खाता नै बन्द भइसकेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएकाे छ।
अनुसन्धानको क्रममा लामाले थप दुर्इ जना मोहन प्रधान र कारसाङ तामाङलाई कतार एयरवेजमा काम लगाइदिने भनेर ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएकाे छ। अभियुक्त लामालाई प्रहरीले ठगी मुद्दामा कारबाही अघि बढाएको छ। 

  •  
  •  
  •