इङ्ग्ल्यान्ड पहिलो पटक युरो कप फुटबलको फाइनलमा

103
  •  
  •  
  •  

एजेन्सी । इङ्ग्ल्यान्ड पहिलो पटक युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । युरोकप २०२० अन्तर्गत दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै इङ्ग्ल्यान्ड  फाइनल पुगेको हो।

बिहीबार बिहान वेम्बली स्टेडियममा भएको खेलमा इङ्ग्ल्यान्डका कप्तान ह्यारी केनले एक गोल गरे । इङ्ग्ल्यान्डले एक गोल आत्मघाती उपहार पाएको थियो । डेनमार्कका मिकेल डाम्सगार्डले एक गोल गरे । डेनमार्कले खेलको ३० औं मिनेटमा डाम्सगार्डले गरेको गोलबाट अग्रता बनाए पनि जोगाउन सकेन ।

खेलको ३९ औं मिनेटमा डेनमार्कका कप्तान सिमोन क्येरले  आत्मघाती गोल गरेपछि खेलमा १–१ को बराबरी भयो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् र खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १ सय ४ औं मिनेटमा इङ्ग्ल्यान्डका कप्तान केनले गोल गरे ।

पहिलो पटक युरो कपको फाइनलमा पुगेको इङ्ग्ल्यान्ड र सेमिफाइनलमा स्पेनलाई हराएर फाइनलमा पुगेको इटली उपाधिका लागि आइतबार खेल्नेछन् ।


  •  
  •  
  •