युरोपियन च्याम्पियनसिप खेलकुद प्रतियोगितामा थप चार नयाँ खेल समावेश

294
  •  
  •  
  •  

एजेन्सी । सन् २०२२ मा हुने युरोपियन च्याम्पियनसिप खेलकुद प्रतियोगितामा थप चार नयाँ खेलहरु समावेश गरिने भएको ।

२०२२ को अगष्ट ११ देखि २१ तारिखसम्म हुने च्याम्पियनसिपमा यसअघि मात्र पाँच वटा खेलहरु सहभागि थिए । जसमा एथ्लेटिक्स, साइक्लिङ, जिम्नास्टिक, रोइंग र ट्रायथलन थियो ।

अब अरु चार खेल विधा थपिएका छन । जसमा बीच भलिबल, केनो स्प्रिन्ट, स्पोर्टस क्लाइम्बिङ र टेबल टेनिस रहेका छन् ।


  •  
  •  
  •