नरेन्द्र मोदी नेपाल भ्रमणमा आउनु पहिला नै विद्युत ब्यापार सम्झौता हुन्छ:  उर्जामन्त्री

210
  •  
  •  
  •  

काठमाडौ, ५ साउन (ओएनएस) उर्जामन्त्री राधा ज्ञावलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउनु अघि नै भारतसँग विद्युत ब्यापार सम्झौता हुने बताएकी छिन ।
रिपोर्टर्स क्लबले सोमबार आयोजना गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले प्रधानमन्त्री सुशील कोइराला नेपाल फर्किने वित्तिकै बस्ने मन्त्रिपरिषदको बैठकले नयाँ दिल्लीमा सचिव स्तरीय बैठक सम्बन्धी निर्णय गर्ने जानकारी दिदै नेपालमा उर्जाको विकास नहुन्जेलसम्म अन्य विकास हुनै नसक्ने दाबी गरिन् ।

मन्त्री ज्ञावलीले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको बेलामै महाकाली सम्झौता अन्र्तगतको पञ्चेश्वर परियोजना कार्यान्वयनको विषयमा समेत हस्तक्षर हुने दाबी गरिन् । ‘नेपालको विकासको मेरुदण्ड उर्जाको विकास हो । यो नभई नेपालको विकास हुन सक्दनैन, उनले भनिन,‘उर्जामा अब राजनीति गर्नु हुँदैन ।’

उनले नेपालले सन् २०१० मा यस्तो सम्झौता सम्बन्धी प्रस्ताव पठाएपनि तत्कालीन अवस्थामा भारतीय पक्षले वास्ता नगरेको जानकारी दिदै अहिले भारतमा विकास प्रेमी नेता प्रधानमन्त्री भएकोले भारत आफैले यस्तो प्रस्ताव गरेको बताईन ।
भारतले पठाएको सम्झौताको मस्यौदा नेपालको लागि सकारात्मक विषय भएको भन्दै उनले आपत्तिजनक केही पनि नभएको नेपालको राष्ट्रिय हित हेरेर सम्झौता गर्नु पर्ने बताईन ।
मन्त्री ज्ञावलीले मस्यौदामा खड्किए कुरामा छलफल गरेर सहमति जुटाएर सम्झौता गर्नुपर्ने भन्दै नेपालको लागि आवश्यक रहेको विषयमा राजनीति नगर्न आग्रह गरिन । उनले भनिन– राजनीति धेरै भयो । सधै भारतमाथि शंका उपशंका गर्ने परम्परा त्याग्नु पर्छ । नत्यागेसम्म किवास हुँदैन ।

त्यसैले सकारात्मक ढंगले अघि बढ्नु पर्छ । यो भारतसँग मात्रै गर्ने कुरा होईन, सबै देशसँग गर्नुपर्छ । हामीले सार्क क्षेत्रका अरु देशसँग पनि छलफल अघि बढाएका छौ । यसमा कुनै राष्ट्रघात छैन । हामी यसलाई सार्वजनिक गरेर संसदमा छलफल गर्न समेत तयार छौ ।’


  •  
  •  
  •