उपप्रधानमन्त्री पोखरेल एक साताका लागि चीन प्रस्थान

466
  •  
  •  
  •  

काठमाडौं,६ कार्तिक (ओएनएस) : उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल एक साताका लागि चीन प्रस्थान गरेका गरेका छन्। मन्त्री पोखरेल बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन मंगलबार त्यसतर्फ प्रस्थान गरेका हुन् । रक्षामन्त्रीमा नियुक्तपछि पोखरेलको यो पहिलो विदेश भ्रमण हो ।

उपप्रधानमन्त्री पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले चीनका रक्षामन्त्री वेइ फेङहेको निमन्त्रणमा आठौँ बेइजिङ सियाङग्स्ट्यान फोरममा भाग लिन उपप्रधानमन्त्री पोखरेल त्यसतर्फ प्रस्थान गरेकाे बताए।

उनका  अनुसार उपप्रधानमन्त्री पोखरेलकाे साताव्यापी चीन भ्रमणकाे कार्यक्रम समेत रहेकाे छ। मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले उपप्रधानमन्त्री पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिदाई गरे ।

 


  •  
  •  
  •