काठमाडौं, २७ मंसिर (ओएनएस) : मधेशी जनअधिकार फोरम नेपालले अन्य मधेशी दलहरु सत्तामा जानको लागि घृणित खेलमा लागेको आरोप लगाएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबाट अलग भएपछि फोरमका अध्यक्ष उपेन्द्र यादवले शनिबार आक्रोशपूर्ण प्रेश विज्ञप्ति निकाल्दै मधेशको मुद्दाहरुलाई असफल पार्न मधेशी दलहरु नै रहेको आरोप लगाएका हुन् ।
प्रेश बिज्ञप्तिमा नेपाल सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम, नेपाललाई षड्यन्त्रपूर्ण ढंगले सत्ता र धन प्राप्तिका लागि विभाजित गरेको उल्लेख गरिएको छ । साथै विभाजितपछि गठन भएका दलहरु र मधेशका नाममा खोलिएका दलहरुमा अवसरवादी, भ्रष्टाचारी एवं सत्तालोलुप नेतृत्व रहेको उल्लेख गर्दै मधेशीको त्याग, तपस्या, बलिदान र संघर्षबाट प्राप्त उपलब्धिहरुलाई सरकारमा जानका लागि वा सत्ता प्राप्तिका लागि समाप्त पार्ने घृणित खेलमा ती नेतृत्व लागेको बिज्ञप्तिमा उल्लेख छ ।
बिज्ञप्तिमा संविधान निर्माणको वर्तमान परिवेशमा मधेशी जनतका मुद्दालाई सत्तामा जाने भ¥याङ्गको रुपमा मात्र उपयोग गर्नु शहिदको उपमान भएको पनि लेखिएको छ । मधेशी नेताहरु जातिवादका नाममा थारु, मुस्लिम, पचपनिया आदिका नामबाट फुटाउनु र कमजोर पार्न खेलमा रहेको पनि उल्लेख गरिएको छ ।
समग्र मधेश एक स्वायत्त प्रदेशको मद्दा छोड्नु सत्तामा जानका लागि गरिने षड्यन्त्र गद्दारी र धोखा हो भनि बिज्ञप्तिमा जनाइएको छ । साथै बिज्ञप्तिको सुरुआतमा मधेश आन्दोलनको चर्चा गरेका यादवले समग्र मधेशलाई ‘स्वायत्त मधेश प्रदेश’को स्थापना गरि मेधशमा समानता, स्वतन्त्रता र सामाजिक न्याय दिलाउन पर्ने बताएका छन् ।
यो पनि पढ्नुस्…
संविधान र सत्ता–राजनीतिले मधेसमा उथलपुथल
उपेन्द्र यादवलाई गच्छदार प्रवृत्ति पछार्ने चुनौती
[facebook][tweet][Google]