स्थानीय निकायको निर्वाचन संघीयता समाप्त पार्ने खेल : यादव

154
  •  
  •  
  •  

विराटनगर, २९ बैशाख(ओएनएस) : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय निकायको निर्वाचनले संघीयता समाप्त पार्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले स्थानीय निकायको निर्वाचन गराउने अधिकार प्रादेशिक सरकारको भएको भन्दै केन्द्रीय सरकारले गर्न नमिल्ने बताएका छन् । उनले स्थानीय निकायको निर्वाचन पूर्व स्थानीय निकायको पुनःसंरचना हुनुपर्ने भनाई राखेका छन् ।

उनले सङ्घीय गठबन्धन अब वार्ताको पक्षमा नरहेको र आन्दोलनको तयारीमा जुटेको बताएका छन् । उनले ३६ पटक वार्ता भए पनि सरकार एक कदम पनि अगाडि नबढ्ने भएकाले अब वार्तामा नबस्ने, अधिकार प्राप्तिका लागि आन्दोलनलाई निरन्तरता दिने बताए । आन्दोलनको स्वरुप परिवर्तन गरिएको उल्लेख गर्दै उनले जेठ २ गतेदेखि सिंहदरबार घेराउ गर्ने, यदि सरकार दमनको बाटो अख्तियार गर्यो भने जनताले प्रतिकार गर्ने स्पष्ट पारेका छन् ।

उनले सरकारले अन्तराष्ट्रिय रुपमा विश्वास गुमाइसकेको सरकारसँगको वार्तावाट निकास ननिस्कने भन्दै वार्ताको औचित्य नभएको बताएका छन् ।


  •  
  •  
  •