‘सीमांकनबारे सरकारको प्रष्ट धारणा नआए सशक्त आन्दोलन’

146
  •  
  •  
  •  

Upendra-Yadav-(7)---ss_20110705092329काठमाडौँ, १२ कात्तिक(ओएनएस) : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारी पक्षसँग आज हुने वार्ता सार्थक हुनुपर्ने भन्दै वार्ता सार्थक हुन नसके वार्ताबारे पुन:विचार गर्ने बताएका छन् ।

राजविराजस्थित नेपाल पत्रकार महासंघको कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले अहिले भइरहेको वार्ता नाटकका रूपमा मात्र रहेको भन्दै संविधान संशोधन गरेर आफ्ना माग संवोधन गर्नुपर्ने बताएका छन् । सरकार वार्तामा गम्भिर नदेखिएको आरोप लगाउँदै उनले भने, ‘आज हुने वार्ता सीमांकनबारे प्रष्ट धारणा सार्वजनिक नभए सशक्त आन्दोलनमा जान बाध्य हुन्छौँ ।’

उनले विगतमा भएको २२ र ८ बुँद सम्झौताको कार्यान्वयन र प्रमुख विषय रहेको सिमाङ्कनमा परिवर्तन गर्ने गरी मोर्चा–सरकारबीचको वार्तामा कुरा अगाडी नबढे तत्काल वार्ताको औचित्यसमेत समाप्त हुने बताए । उनले भने, ‘सिमांकन, राज्य र केन्द्रबीच शक्ति तथा स्रोतको न्यायोचित्त बाँडफाँट हाम्रो मुख्य एजेण्डा हो, यसप्रति राज्य साकारात्मक नदेखिए वार्ताको कुनै औचित्य रहदैन ।’

उनले नाकामा भारतले नभई आफूहरुले नाकाबन्दी गरेको बताए । ‘भारतले नाकाबन्दी गर्‍यो भन्नु मुर्खता हो, नाकाबन्दी हामीले गरेका हौं,’ उनले भने । भारत र चीन दुवै मित्रराष्ट्रसँग बराबरी सम्बन्ध राख्नुपर्ने भन्दै उनले अन्धराष्ट्रवादले सिंगो देशको हित नगर्ने पनि बताए ।


  •  
  •  
  •