सरकार भ्रष्टाचारकाे काण्डैकाण्डमा फसेको छः उपेन्द्र यादव

89
  •  
  •  
  •  

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई धरासायी बनाएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा यादवले ओली नेतृत्वको सरकारले देशलाई आर्थिक रुपमा धरासायी बनाउँदै लगेको बताए । उनले भने, ‘सरकार भ्रष्टाचारका काण्डैकाण्डमा फसेको छ । यतिका काण्ड त पञ्चायती समयमा पनि भएका थिएनन् होला ।’

अध्यक्ष यादवले अहिलेको सरकार र कम्युनिष्ट पार्टीबाट देशको कुनै समस्या हल हुन नसक्ने भएकाले वैकल्पिक शक्तिको आवश्यकता रहेको बताए । जनता उपचार र खाना नपाएर मरिरहेको भए पनि सरकारले कुनै वास्ता नगरेको उल्लेख गर्दै उनले देशमा वैकल्पिक शक्तिको आवश्यकता रहेको बताए ।
लोक समाजवाद, संघीयता र लोकतन्त्रको बाटोमा हिँड्ने नयाँ राजनीतिक विचार र शक्तिको निर्माण गर्दै देशको भविष्य सुनिश्चित गर्नेतर्फ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको पनि उनले बताए ।


  •  
  •  
  •