न्यायका लागि संघर्ष गर्न जनादेश प्राप्त भयोः उपेन्द्र यादव

56
  •  
  •  
  •  

राजविराज, २८ मंसिर (ओएनएस) : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताले अधिकार नपाएसम्म संघर्ष जारी रहने बताएका छन् । राजविराजस्थित साह धर्मशालामा तेलि कल्याणकारी समाजले आयोजना गरेको नवनिर्वाचित प्रतिनिधि र प्रदेशससभा सदस्यको सम्मान कार्यक्रममा उनले संघर्ष जारी रहेको बताएका हुन् ।

सप्तरी क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनले न्यायका लागि संघर्ष अगाडि बढाउन मधेशी जनताले आफूहरुलाई जनादेश दिएकोे र उनीहरुले अधिकार नपाएसम्म न्यायका लागि आफू र मधेशी जनताले संघर्ष जारी राख्ने बताए ।

पहाडमा समेत आम जनताको जनजीवन अभावग्रस्त रहेको बताउँदै पहाडको तुलनामा बेरोजगारी, गरिबी र अभावग्रस्त जीवन मधेशमै बढी रहेको बताए ।

सिंहदरबार र नारायणहिटीमा शासन गर्नेको विभेदकारी नीति तथा भेदभावका कारण सप्तरी पनि विकासमा पछाडि परेको उनको आरोप छ । प्रदेश नं २ मा मधेश सरकार बनेपछि मात्र तराई मधेशको विकास हुने विश्वास उनको छ ।


  •  
  •  
  •