बारले पत्र थमाएपछि उपेन्द्र केशरीले दिए न्याय परिषदबाट राजीनामा

302
  •  
  •  
  •  

upendra-neupane-काठमाडौं २३ पुस (ओएनएस) : नेपाल बार एसोसिएनसनले असन्तुष्टि जनाउँदै पत्र लेखेपछि न्याय परिषद्का सदस्य उपेन्द्र केशरी न्यौपानेले बुधबार राजीनामा दिएका छन् । मंगलबार बारले उनले कामप्रति असन्तुष्टि जनाउँदै पत्र लेखेको थियो ।

बारको सिफारिसमा न्याय परिषद्का सदस्यमा नियुक्त भएका न्यौपानेले आठ न्यायधीस नियुक्ति लगायतका अन्य प्रकरणमा समन्वयन गरेको भन्दै बारले मंगलबार पत्र थमाएको थियो । न्यौपानेले राजिनामा पत्र प्रधानन्यायाधीश रामकुमार प्रसाद साहलाई बुझाएका हुन् ।

न्यौपानेले एक पक्षीय रुपमा सर्वाेच्च अदलातमा नियुक्त हुन लागेका न्यायधिसको उम्मेदवारको सूची नै सार्वजनिक गरिदिएपछि बार रुस्ट बनेको थियो ।

उक्त सुचिमा वरिष्ठ अधिवक्ता अनिल सिन्हाबाहेक एक जना पनि योग्य र विवादमुक्त व्यक्ति नरहेको धेरै कानुनविदहरुको ठम्याइ छ । एकातिर आफै योग्य उम्मेदवारको विवरण माग गर्ने, अर्कोतिर बेग्लै सूची सार्वजनिक गर्ने न्यौपानेको शैलीप्रति वरिष्ठ कानुनविदहरुको एक तप्का रुष्ट छ ।

न्यौपानेका एक निकट सहपाठीका अनुसार, उनी आफै सर्वोच्च अदालतमा न्यायाधीश बन्न लालायित भएको बताइएपछि बार संसकित बनेको थियो ।

यो पनि पढ्नुहोस् :- न्यायाधीश नियुक्ति : पहिलो गाँसमै ढुङ्गा


  •  
  •  
  •