उपेन्द्रले नेकपासँग एकीकरणकाे बारेमा यस्ताे बाेले, जाेगियाे प्रदेश २ का मुख्यमन्त्रीकाे पद

679
  •  
  •  
  •  

काठमाडौ‌ं, २४ जेठ (अाेएनएस) : संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले अन्तत: नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) सँग तत्काल एकीकरणको सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

स्वास्थ्य मन्त्रीसमेत रहेका अध्यक्ष यादवले प्रेस विज्ञप्ति जारी गर्दै ने.क.पा. सँग तत्काल एकीकरणको सम्भावना नरहेको स्पष्ट पारेका हुन् ।

अध्यक्ष यादवकाे याे कदमलार्इ प्रदेश २ का फाेरम पार्टीबाट प्रतिनीधित्व गरेका प्रदेश सा‌ंसदहरु सकारात्मक भएकाे बताएका छन्।

सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा फोरम र नेकपाबीच पार्टी एकीकरण हुन लागेको समाचारहरु सार्वजनिक भए पनि तत्काल एकता नहुने जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ।

फाेरमकै एक नेताले भने,’ अध्यक्ष यादवकाे याे निर्णयले तत्कालकाे लागि प्रदेश २ का मुख्यमन्त्रीकाे पद जाेगिएकाे छ।’
वैशाख २१ गते बसेको फोरमको केन्द्रीय कार्यसमितिको बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दल र पार्टीसँग एकीकरण गर्न सकिने निर्णय गरेको थियो। तर, यसबीच फोरम र नेकपाबीच एकीकरणको सन्दर्भमा तत्काल कुनै पनि सम्भावना नरहेको यादवको भनाइ छ।

जनतामा भ्रम सिर्जना हुनेगरी प्रचार भएकोमा असन्तुष्टि जनाउँदै अध्यक्ष यादवले प्रायोजित एवं निराधार समाचारहरुमा कुनै सत्यता नरहेको जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ।


  •  
  •  
  •