अपडेट : ट्रक र माइक्रो बस ठोक्किदा ६ जनाको गयाे ज्यान, १७ घाइते

585
  •  
  •  
  •  

काठमाडौं, २० असाेज (अाेएनएस) : पूर्वपश्चिम राजमार्गमा ट्रक र माइक्रो बस एकअापसमा ठोक्किदा ६ जनाको घटनास्थलमै ज्यान गएकाे छ । उक्त राजमार्गमा अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकामा ट्रक र माइक्रो बस ठोक्किएकाे हाे । उक्त दुर्घटनामा परी अन्य १७ जना घाइते भएका छन् ।

दाङबाट नेपालगञ्ज आउँदै गरेको रा १ ख १६६२ नम्बरको हाइस माइक्रो बस र नेपालगञ्जबाट विपरित दिशाबाट जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक शनिबार बिहान करिब सवा ९ बजेतिर राप्ती सोनारी गाउँपालिका ९ मुगुवा खोला नजिक ठोक्किएकाे कोहलपुरका डीएसपी रमेश बहादुर सिंहले बताए ।

उनका अनुसार दुर्घटनामा चारको घटनास्थलमै मृत्यु भएको र दुईको शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते १७ को शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन् ।


  •  
  •  
  •