काठमाडौँ, ३० फागुन(ओएनएस) : नेपाली कांग्रेसतर्फको केन्द्रीय सदस्यको खुला २५ सिटको लागि भएको मतदानको मतगणना आज पनि जारी छ । नेपाली कांग्रेसको केन्द्रीय समितितर्फको अहिले भइरहेको मतगणनाका क्रममा १ हजार ८ सय मतको गणना सकिएको छ ।
खुलातर्फको अहिले भइरहेको मतगणनामा शेखर कोइरालाले अग्रता लिएका छन् । पछिल्लो मत गणना अनुसार शेखर कोइरालाले १ हजार ६२ मत प्राप्त गर्दै सबैभन्दा अगाडि रहेका छन् । यस्तै, खुमबहादुर खड्काले १ हजार ५९ मत, प्रकाशमान सिंहले १ हजार ३९ मत, प्रदीप पौडेलले १ हजार ७ मत, केबी गुरूङले ९९८ मत प्राप्त गरेका छन् ।
शीर्ष २५ स्थानमा रहेका उम्मेदवार र उनीहरुले प्राप्त गरेको मत यस्तो छ :
१. शेखर कोइराला १०६२
२. खुमबहादुर खड्का १०५९
३. प्रकाशमान सिंह १०३९
४. प्रदीप पौडेल १००७
५. केबी गुरुङ ९९८
६. पूर्णबहादुर खड्का ९९३
७. प्रदीप गिरी ९९२
८. बालकृष्ण खाँड ९९३
९. बिमलेन्द्र निधि ९८२
१०. धनराज गुरुङ ९८२
११. रमेश लेखक ९७८
१२. महेश आचार्य ९७०
१३. रामशरण महत ९३५
१४. बलबहादुर केसी ९३४
१५. विश्वप्रकाश शर्मा ९२७
१६. सुजाता कोइराला ९१७
१७. शंकर भण्डारी ८७७
१८. प्रकाशशरण महत ८६६
१९. एनपी सावद ८६३
२०. गोपालमान श्रेष्ठ ८५७
२१. बद्रि पाण्डे ८५१
२२. नारायण खड्का ८५१
२३. ज्ञानेन्द्रबहादुर कार्की ८४४
२४. चन्द्र भण्डारी ८४२
२५. मिनेन्द्र रिजाल ८३०
२६. पद्मनारायण चौधरी ७४१
२७. उदय शमशेर राणा ७३३
२८. डिना महालक्ष्मी उपाध्याय ७२५
२९. जीप छिरिङ ७२३
३०. अशोक कोइराला ६७४