
काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचनका लागि शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान सकिएको छ। निर्वाचन आयोगले तोकेको समय अनुसार १० बजे सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको छ।
निर्वाचन आयोगले उपराष्ट्रपति पदका लागि भएको निर्वाचनको मतगणना केहीबेरमा सुरु गर्ने तयारी भइरहेको जनाएको छ। मतदानको नतिजा आजै साँझ ६ बजेसम्म आइसक्ने आयोगले जनाएको छ।
उपराष्ट्रपति पदका लागि एमालेवाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहाय यादव र जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दिएका थिए। उपराष्ट्रपतिका लागि ८२९ मत खसेको छ।