उपनिर्वाचन: एकीकृत सुरक्षा योजना पारित

91
  •  
  •  
  •  

काठमाडौं । यहि मंसिर १४ गते हुने उपनिर्वाचनका लागि तयार गरिएको एकीकृत सुरक्षा योजना परिमार्जनसहित पारित भएको छ ।

उच्चस्तरीय सुरक्षा समितिका संयोजक निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालको अध्यक्षतामा बसेको बैठकले सुरक्षा निकायबाट प्रस्तुत एकीकृत सुरक्षा योजना परिमार्जनसहित पारित गरेको हो ।

उक्त बैठकले सुरक्षाको समग्र अवस्थाबारे विश्लेषण गरी उपचिर्वाचन हुने मतदान स्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील वर्गीकरण गरी सोहीअनुरुपको सुरक्षा व्यवस्था मिलाउने निर्णय गरेको छ ।

सरकारले उपनिर्वाचनका लागि नेपाल प्रहरी ६ हजार, सशस्त्र प्रहरी बल र नेपाली सेनाको जनशक्ति १०÷१० हजारको संख्या परिचालन गर्ने निर्णय गरेको आयुक्त पौड्यालले बताए ।

सुरक्षा निकायबाट प्रस्तुत सुरक्षा योजनामाथि आएका सुझावलाई समेटेर निर्वाचनमा उचित सुरक्षा प्रबन्ध मिलाउन संवेदनशील, अति संवेदनशील र सामान्य मतदान स्थलको वर्गीकरण गरिएको छ ।

वर्गीकरण गरिएका स्थलमा पर्याप्त सुरक्षा प्रबन्ध मिलाउने सन्दर्भमा कतिपय स्थलमा सुरक्षाकर्मी परिचालित भइसकेका र केही स्थलमा भने एक–दुई दिनभित्र परिचालन हुनेछ ।


  •  
  •  
  •