उपनिर्वाचनको लागि आज उम्मेद्वारी दर्ता

82
  •  
  •  
  •  

काठमाडौं । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको उम्मेद्वारी मनोनयन आज हुँदैछ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनको उम्मेद्वारी मनोनयन काम आज हुने जनाएको हो ।

आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेद्वारी मनोनयन हुनेछन् ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार ती उम्मेदवारहरूको अन्तिम नामावली भने कात्तिक २४ गते प्रकाशन गरिनेछ ।

सो उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३ तथा स्थानीय तह प्रमुख–१ लगायत ३७ जिल्लाका ५२ स्थानहरूमा मतदान हुँदैछ । आयोगका प्रवक्ता श्रेष्ठले स्थानीय तहको उपनिर्वाचनका लागि भने उम्मेदवारी मनोनयन आगामी कात्तिक २७ गते हुने प्रवक्ता श्रेष्ठले बताए ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि २४७ वटा मतदान स्थल र ५३७ वटा मतदान केन्द्र पनि तोकेको छ ।
उपनिर्वाचनमा ४ लाख ५४ हजार ११४ जना मतदाताले सो उपनिर्वाचनमा भाग लिने आयोगले जनाएको छ ।

आयोगले उपनिर्वाचन प्रयोजनका लागि आगामी मंसिर ५ गतेदेखि ११ गतेसम्म मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गर्दैछ ।


  •  
  •  
  •