चार विश्वविद्यालयमा कामु उपकुलपति तोकियो

95
  •  
  •  
  •  

काठमाडौं । सरकारले चार विश्वविद्यालयमा कामु उपकुलपति तोकेको छ ।  त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयमा कामु उपकुलपति तोकिएको हो ।

कुलपति एवम् प्रधानमन्त्री, सहकुलपति एवम् शिक्षामन्त्रीसहितको बैठकले सम्बन्धित विश्वविद्यालयको पदाधिकारीमध्येबाट कामु उपकुलपतिको जिम्मेवारी दिएको हो ।

चारवटै विश्वविद्यालयका उपकुलपतिहरुको म्याद सकिएको छ । त्रिभुवन विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मा रेक्टर सुधा त्रिपाठीले पाएकी छन् ।

यस्तै संस्कृत विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मा रेक्टर रमेश ढकाललाई र पूर्वाञ्चलको कामु उपकुलपतिको जिम्मा सिनियर डिन विजुकुमार थपलियालाई दिइएको छ ।

कृषि तथा वन विश्वविद्यालयको कामु उपकुलपतिको जिम्मा सिनियर डिन शारदा थपलियालाई दिइएको छ ।
यस्तै बैठकले त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयको सर्च कमिटीको म्याद २० गतेसम्म थप गरेको छ ।

यसैगरी कृषि तथा वन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोग गठनका लागि सर्च कमिटी गठन गर्ने निर्णय समेत गरेको छ ।


  •  
  •  
  •