महिला भलिबलको उपाधि एपीएफ क्लबलाई

674
  •  
  •  
  •  

बाँके, ११ वैशाख(ओएनएस) : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको उपाधि एपीएफ क्लबले हात पार्न सफल भएकोा छ ।

बाँकेस्थित शुक्र भलिबल कोर्टमा भएको फाइनल खेलमा प्रदेश तीनलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफ क्लबले स्वर्ण पदक जित्न सफल भएको हो ।

त्यस्तै, महिला भलिबलमा नेपाल पुलिस क्लबले कास्य पदक जितेको छ । बुधबार भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ३–० को सेटमा पराजित गर्दै कास्य पदक जितेको हो ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको उपाधि पनि एपीएफ क्लबले नै जितेको छ ।


  •  
  •  
  •