
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का उपराष्ट्रपति उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध नेकपा एमालेले उजुरी दिएको छ।
नेकपा एमाले सांसद महेश बर्तौलाले यादवविरूद्ध निर्वाचन अधिकृतको कार्यालय बानेश्वरमा उजुरी दिएका हुन्। संविधानको व्याख्याअनुसार महिला उम्मेदवार हुनुपर्ने भएकाले उनीविरूद्ध उजुरी दिएको सांसद बर्तौलाले बताएका छन् ।
यसअघि शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले खस/आर्य बाहेकका समुदायका महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो।