उपराष्ट्रपतिमा यादव निर्वाचित

33
  •  
  •  
  •  

काठमाडौं । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का नेता रामसहायप्रसाद यादव निर्वाचित भएको छन् ।
शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित बनेका हुन् ।

उपराष्ट्रपतिमा निर्वाचित यादवले ३० हजार ३ सय २८ मतभार प्राप्त गरेका छन् । उनले संघतर्फ १ सय ८४ र प्रदेश सभातर्फ ३ सय २९ मत प्राप्त गरेका हुन् ।

एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिएका छन् । जनमत पार्टीकी उम्मेदवार ममता झालाई १५ प्रदेशसभा सदस्य र २३ संघीय सांसदले मत दिए । उम्मेदवारी फिर्ताको घोषणा गरेकी प्रमिला यादवलाई एक प्रदेशसभा सदस्यले भने मत दिएकी छन् । उपराष्ट्रपतिमा निर्वाचित यादव बारा २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन् ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here