उपचुनावका लागि दल दर्ता गर्न आह्वान

577
  •  
  •  
  •  

काठमाडौं । निर्वाचन आयोगले उपचुनावका लागि दल दर्ता गर्न आह्वान गरेको छ । मंसिर १४ गते हुने स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको उपचुनावका लागि भदौ भरमा दल दर्ता गर्न आयोगले आह्वान गरेको हो ।

२०७४ सालको निर्वाचनमा सहभागी हुन दर्ता भएका दलले भने दल दर्ता गर्नुनपर्ने आयोगले जनाएको छ ।

चुनावमा भाग लिन इच्छुक अन्ष् दलले विधान, घोषणापत्र, चुनाव चिन्हको नमुना सहित तोकिएको समयभित्र दल दर्ता गर्नुपर्ने आयोगले स्पष्ट पारेको छ । तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर दर्ता भएको नेकपा, संघीय समाजवादी फोरम र नयाँ शक्ति मिलेर बनेको समाजवादी पार्टी भने उपचुनावका लागि आयोगका दर्ता हुनुपर्नेछ ।

मंसिर १४ गते प्रतिनिधिसभाको एक, प्रदेशसभा सांसदका तीन, उपमहानगरपालिका प्रमुखको एक रिक्त स्थानमा निर्वाचन हुँदैछ । यस्तै गाउँपालिका तीन अध्यक्ष, एक उपाध्यक्ष र एकचालिस बडाध्यक्षका लागि पनि निर्वाचन हुँदैछ ।


  •  
  •  
  •