वेश्यावृत्तिका लागि दुबईमा ८ हजार नेपाली युवतीको तस्करी

351
  •  
  •  
  •  

girl_traffickingकाठमाडौ, २३ पुस : भारतीय केन्द्रीय अनुसन्धान ब्यूरोको नेतृत्वमा रहेको संस्थाहरूले नेपाली युवतीहरूलाई संगठित संस्थाहरूको मिलोमतोमा वेश्यावृत्तिमा लैजाने गरेको र त्यसको मुख्य ट्रान्जिट प्वाइन्ट दिल्लीको आईजिआई विमानस्थल हुने गरेको सम्बन्धमा चलाएको एक अनुसन्धानले देखाएको छ ।

अनुसन्धानका अनुसार सन् २०१४ को डिसेम्बरसम्ममा करिब ६ देखी ८ हजारको हाराहारीमा २० देखी ३० वर्षका नेपाली युवतीहरू दिल्ली हुँदै दुबईमा बेचिएका छन् ।

अनुसन्धान पछि अनुसन्धानमा लागेका एजेन्सीहरुले विदेश मन्त्रालय, गृह मन्त्रालय, अध्यागमन विभाग र इन्टरपोलमार्फत नेपालका सम्बन्धित निकायहरुलाई युवतीहरूलाई पर्यटक भिसामा संगठित अपराधीहरूले दुबई पठाउने गरेको जानकारी दिएको छ ।

स्रोतहरूका अनुसार अनुसन्धानका क्रममा एजेन्सीहरू तथा अनुसन्धानकर्ताहरूले विदेशी क्षेत्रीय पञ्जिकरण कार्यालय, एयर इन्डिया, कतार एयरवेज, अध्यागमन विभाग र दिल्ली प्रधान कार्यालय भएका १५ वटा ट्राभल एजेन्टहरूसँग सूचना लिइएको थियो ।

टाइम्स अफ इण्डियाका अनुसार अनुसन्धानमा खटिएका एक उच्च अनुसन्धानकर्ताका अनुसार युवतीहरूको टिकट लिइने, भिसा दिने र दुबई हुँदै नैरोबी जाने भनेर नैरोबीमा होटेल बुकिंग गरिने गरेको छ तर, विमान दुबई पुगेपछि युवतीहरूको नैरोबीको टिकट र होटेल बुकिंग रद्ध गरिन्छ ।

युवतीहरूले लुकाएर दुबईमा काम गर्ने भन्दै ‘पेपर भिसा’ समेत बोक्ने गरेका छन् । जब उनीहरूको टिकट दुबईमा पुगेपछि रद्ध हुन्छ, त्यहाँ उनीहरू आफ्ना एजेन्ट भएको स्थानमा पुग्छन् र त्यहाँ २-३ महिना रहन्छन् र फर्किन्छन् । दुबई पुग्दासम्म गरिएका सम्पूर्ण जाँचमा उनीहरूको डकुमेन्टहरू सत्य हुन्छन् । तर पनि दुबई लगायत देशमा यसरी नै युवतीहरू दिल्ली हुँदै बेचिने गरेको भारतीय केन्द्रीय अनुसन्धान ब्युरोसहितका एजेन्सीहरूको अनुसन्धानबाट पत्ता लागेको टाइम्स अफ इण्डियामा समाचार प्रकाशित गरिएको छ ।

अनुसन्धानका क्रममा नैरोबीको टिकट र होटेल बुकिंगका विषयमा गरिएको अनुसन्धसानमा गिरोहले युवतीहरूलाई दुबई सहजै लैजानका लागि गरेको षड्यन्त्र हुन सक्ने अनुमान गरिएको छ । नेपालका अधिकारीहरुले विदेश पठाउनु अघि कागजातहरू राम्रोसँग हेर्ने गरेको, वेश्यावृत्तीलाई निरूत्साहित गर्ने गरेको भएपनि युवतीको बेचबिखन भने रोकिन सकेको छैन् ।

अनुसन्धानमा लागेका एजेन्सीका प्रतिनिधीले गत जुलाईमा दुबईबाट नैरोबीका लागि जाने भन्दै हिडेको एयर एसियाको एक विमानमा जाँच गर्दा ७६ युवतीहरू भेटिएको टाइम्स अफ इन्डियाले जनाएको छ । तर, ती सबै युवतीहरूको कागजातमा कुनै कमी या खराबी थिएन ।

एजेन्सीहरूले यस युवतीहरूको बेचबिखनका बारेमा नेपालका साथै भारतका सम्बन्धित निकायहरूलाई समेत पत्र पठाएको समाचारमा जनाइएको छ । उनीहरूले अध्यागमन विभागकै मिलोमतोमा यस्ता घटना हुन सक्ने आशंका समेत पत्रमा व्यक्त गरेको बताइएको छ ।


  •  
  •  
  •