‘समस्या समाधानका लागि दलबीच एकता आवश्यक’

191
  •  
  •  
  •  

तनहुँ, १३ चैत(ओएनएस) : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विद्यमान समस्या समाधानका लागि प्रमुख दल मिल्नुपर्ने बताएका छन् ।

दमौलीस्थित सरकारी कार्यालयका प्रमुखसँग शनिबार भएको भेटमा प्रचण्डले भूकम्पपछिको पुनःनिर्माण र संविधान कार्यान्वयनका गर्न सहजताका लागि राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको बताए ।

प्रमुख शक्तिहरु एक भई मुलुकको विद्यमान समस्या समाधानतर्फ लाग्नुपर्नेमा उनको जोड थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीन भ्रमणका क्रममा भएका सम्झौताले देशको आर्थिक विकासमा नयाँ आयाम थपेको उनको भनाइ थियो ।

निमित्त प्रजिअ किशोरकुमार चौधरीले जिल्लाका शान्ति, सुरक्षा र स्थानीय विकास अधिकारी उदयबहादुर रानाले विकास निर्माणका गतिविधिको बारेमा जानकारी गराएका थिए । आजै क्रान्तिकारी पत्रकार सङ्घद्वारा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष दाहालले वर्तमान सरकार कुनै हालतमा पनि नढल्ने र नेपाली काँग्रेसलाई पनि सरकारमा मिलाएर लैजानुपर्ने बताए थिए ।


  •  
  •  
  •