युनिटी प्रकरणका दुई फरार आरोपी पक्राउ

90
  •  
  •  
  •  

काठमाडौं, ८ असोज (ओएनएस)  : युनिटी लाइफ इन्टरनेशनल लिमिटेड संस्था खोलेर ठगी गर्ने फरार दुइ अभियुक्त पक्राउ परेका छन् ।

युनिटी ठगी प्रकरणमा संलग्न बाग्लुङका लोकबहादुर टण्डन र गुल्मीका गोविन्दप्रसाद ज्ञवालीलाइ बुधवार सामाखुसीबाट पक्राउ गरिएको हो ।

उनीहरुलाई २०७० चैत १७ गते ललितपुर जिल्ला अदालतले जनही ३ बर्ष कैद र १ करोड ६ लाख २६ हजार जरिवाना सुनाएको थियो ।


  •  
  •  
  •