जातीय संघीयता नभए आन्दोलन गर्ने चेतावनी

75
  •  
  •  
  •  

काठमाडौं, २ भदौ । आदीवासी जनजातीका नेताहरुले नयाँ संविधान जातीय संघीयतामा हुनुपर्ने अडान राखेका छन् । उनीहरुले संघीयता जातीय आधारमा विभाजन नगरि आन्दोलन गर्ने धम्की पवनि दिएका छन् । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिसँग सोमबार बिहान आदिवासी जनजाति महासंघका नेताहरुले छलफल गरेका छन् ।

छलफलमा आदिवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमालसहितको टोलीले बहुमतको बलमा पहिचानविरोधी संविधान ल्याए मान्य नहुने बताएको छ । कुमालले जातीय आधारमा संघीयता हुनुपर्ने माग राखेको जानकारी दिए । उनले बहुमतका आधारमा पेल्न खोजिए सडक आन्दोलन गर्ने चेतावनीसमेत दिए । जनजाति नेताहरुले विगतमा भएका सहमति कार्यान्वयनको मागसमेत गरेका छन् । छलफलमा एमाओवादी नेता समेत रहेका सभापति डा. बाबुराम भट्टराईले जानजातिहरुको मागप्रति आफूहरु गम्भीर रहेको बताएका छन् ।


  •  
  •  
  •